images
images

आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

    काठमाडौँ / आज शेयर बजारमा भारी अङ्कले बृद्धि भएर २ हजार ५ सयको विन्दु क्रस गरेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै २९ महिनापछि २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो ।

    यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो । 

    तर लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा बसेपछि आज परिसूचक ७५.३३ अङ्कले बढेर २ हजार ५ सय ६३ को विन्दुमा कायम भएको छ । 

    आज २२० कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यी कम्पनीको लगानीकर्ताले कमाए सार्वधीक 

    आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज बोटलर्स नेपाल बालाजू, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्मिट लागेको छ ।

    2.JPG

    यी कम्पनीको लगानीकर्ताले गुमाए सार्वधीक 

    आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार