images
images

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’ - निर्देशक

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’ - निर्देशक

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’ - निर्देशक

    अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गरेकी छन् । 

    images
    images

    “हाम्रा मुलुकका नेताहरूको रक्षा गर्नु सिक्रेट सर्भिसको एकमात्र मिसन हो”, निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उनले भनिन्, “जुलाई १३ मा हामी असफल भयौँ, संयुक्त राज्य अमेरिकाको सिक्रेट सर्भिसको निर्देशकका रूपमा म कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेबारी लिन्छु ।”

    राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको आह्वानको सामना गरेकी चिटलले ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भनिन् । एक चुनावी र्यालीमा बोल्ने क्रममा ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । 

    रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति एवं ह्वाइट हाउसका लागि वर्तमान उम्मेदवार ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल राइफलले उनमाथि गोली चलाएका थिए । 

    आठमध्ये पहिलो गोली चलाएको २६ सेकेन्डपछि सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । 

    बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले बताएका छन् । 

        गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार