images
images

मलाई कुनै लप्पनछप्पन गर्नु छैन, कुनै बैठक र तन्त्रपछि कुद्नु छैन : प्रधानमन्त्री ओली

मलाई कुनै लप्पनछप्पन गर्नु छैन, कुनै बैठक र तन्त्रपछि कुद्नु छैन : प्रधानमन्त्री ओली

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • मलाई कुनै लप्पनछप्पन गर्नु छैन, कुनै बैठक र तन्त्रपछि कुद्नु छैन : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताएका छन् । 

    images
    images

    सोमबार प्रतिनिधि सभाको बैठकमा उनले ६० वर्ष राजनीतिक जीवन पुरा गरेको भन्दै बाँकी जीवन पनि स्वच्छताका साथ बेतित गर्ने बताएका हुन् । 

    यस्तै, उनले विद्युत् महसुलबारे सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सफेद झुट बोलेको भनेपछि प्रधानमन्त्रीले सरकारले लिनुपर्ने महसुल तिर्नुपर्ने भन्दै प्रयोग नगरेको महसुल तिर्नुनपर्ने भनेको जवाफ दिए । 

    ‘प्रयोग गरेको विद्युत् महसुल तिर्नुपर्छ तर आजको विषय होइन, नौ दश वर्षदेखि यो विषय चलिरहेको छ । लाइन काटिन्छ’, उनले प्रश्न गर्दै भने किन यस्तो भइरहेको छ । उनले आफूलाई कुनै लपनछपन गर्नु नरहेको पनि बताए । ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन । कुनै बैठक र कुनै तन्त्रपछि कुद्नुछैन’, प्रधानमन्त्रीले भने, ‘६० वर्ष राजनीतिक जीवन पुरा गरेको भन्दै बाँकी जीवन पनि स्वच्छताका साथ बेतित गर्छु ।’ उनले हिजोमात्रै तिर्नुपर्ने र नपर्ने छुट्याउँछु भनेको भन्दै आफूले बोलेको कुरा संसदमा रेकर्ड रहेको बताए । उनले जनताले छानेका प्रतिनिधिहरुले सोही अनुसार व्यवहार गर्नुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार