images
images

चौतर्फी दबाब बढेपछि अमेरिकी राष्ट्रपति प्रतिस्पर्धाबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

चौतर्फी दबाब बढेपछि अमेरिकी राष्ट्रपति प्रतिस्पर्धाबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • चौतर्फी दबाब बढेपछि अमेरिकी राष्ट्रपति प्रतिस्पर्धाबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

    काठमाडौँ / अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहार्यताको बारेमा बढ्दो संख्यामा डेमोक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको चुनावबाट बाहिरिएका छन् ।

    images
    images

    आइतबार एक सन्देश सार्वजनिक गर्दै बाइडेनले आफू अहिले रास्ट्रपतिको भूमिकामा सक्रिय भएर उमेदवारीबाट बाहिरिने जानकारी दिएका हुन्। हाल कोभिडले थला परेका बाइडेनको यो निर्णय चौतर्फी दबाबपछि आएको हो। 

    ट्रम्पसँगको डिबेटमा खराब प्रदर्शन भएपछि न्यू योर्क टाइम्स, डेमोक्रेटिक दलका चन्दादाताले सार्वजनिक रुपमा उमेदवारी फिर्ता लिन आग्रह गरेका थिए। पूर्वराष्ट्रपति  बाराक ओबामा र पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेन हार्ने बताएको खबर अमेरिकी मिडियाले सार्वजनिक गरेका थिए। 

    बाइडेन रेसबाट आउट भएपछि कमला ह्यारिसको उमेदवारी चर्चा बढेको छ । बाइडेनले बाकि कुरा आगामी हप्ता देशको नाममा गर्ने सम्बोधनमा सार्वजनिक गर्ने आफ्नो सन्देशमा बताएका छन्। 

    यस्तै, बाइडेनले सामाजिक सन्जालबाट वर्तमान उपराष्ट्रपति कमलालाई राष्ट्रपति उमेदवारीमा समर्थन गरेको सार्वजनिक गरेका छन्।

    Letter biden.png

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार