images
images

प्रधानमन्त्रीले आज विश्वासको मत लिने, चार दुई तिहाइ मत पक्षमा पुर्याउने ओलीको तयारी

प्रधानमन्त्रीले आज विश्वासको मत लिने, चार दुई तिहाइ मत पक्षमा पुर्याउने ओलीको तयारी

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • प्रधानमन्त्रीले आज विश्वासको मत लिने, चार दुई तिहाइ मत पक्षमा पुर्याउने ओलीको तयारी

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

    images
    images

    उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । 

    प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् ।

    यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्‍याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारीगरिसकेको छ ।

    प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार