images
images

खानेपानी मन्त्री र एडिबीका देशीय निर्देशकबिच नेपालको खानेपानी र एडिबीको सहयोगबारे छलफल

खानेपानी मन्त्री र एडिबीका देशीय निर्देशकबिच नेपालको खानेपानी र एडिबीको सहयोगबारे छलफल

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • खानेपानी मन्त्री र एडिबीका देशीय निर्देशकबिच नेपालको खानेपानी र एडिबीको सहयोगबारे छलफल

    काठमाडौँ / खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

    images
    images

    भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्वपूर्ण सहयोगका लागि एडिबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

    मेलाम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पु¥याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उनले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताए ।

    एडिबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

    त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार