images
images

सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

    काठमाडौँ / सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । 

    images
    images

    सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । 

    दुर्घटनाका कारण मृत्यु भएका श्री दिनेश कार्कीले सानिमा बैंकको हेटौँडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । 

    सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम संचालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार