images
images

शेयर बजार : १२ अर्ब ५ करोड बढीको कारोबार हुँदा परिसूचक २ हजार ३६४ बिन्दुमा, कसले कति कमाए ?

शेयर बजार : १२ अर्ब ५ करोड बढीको कारोबार हुँदा परिसूचक २ हजार ३६४ बिन्दुमा, कसले कति कमाए ?

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • शेयर बजार : १२ अर्ब ५ करोड बढीको कारोबार हुँदा परिसूचक २ हजार ३६४ बिन्दुमा, कसले कति कमाए ?

    काठमाडौँ / आज पनि शेयर बजारमा उछाल आएको छ । अर्थमन्त्री विष्णु पौडलको आगमनले पुँजी बजारले निरन्तर सकारात्मक लयमा फर्किएको छ । 

    images
    images

    आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर २ हजार ३६४ दशलमव ६३ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको शेयर मूल्यमा भने कुनै परिर्वत भएके छैन । 

    आज दिनभरिमा ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    बुधबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०८ प्रतिशत, विकास बैंक समूहको ४.०९ प्रतिशत, फाइनान्स समूहको ५.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ५.५५ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।

    यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ ।

    सिंगटी हाइड्रोको सबैभन्दा धेरै शेयर कारोबार

    आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यस्तै, एनआरएनको २२ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनको २० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    3.JPG

    सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

    यस्तै, सिंगटी हाइड्रोका लगानकिर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युतका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन्।

    1.JPG

    यी लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.९० प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार