images
images

निगमले असार मसान्तमा बुझायो ४३ करोड किस्ता, जहाज थन्किदा पूरा किस्ता तिर्न समस्या

निगमले असार मसान्तमा बुझायो ४३ करोड किस्ता, जहाज थन्किदा पूरा किस्ता तिर्न समस्या

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • निगमले असार मसान्तमा बुझायो ४३ करोड किस्ता, जहाज थन्किदा पूरा किस्ता तिर्न समस्या

    काठमाडौँ / नेपाल वायुसेवा निगमले असार मसान्तमा दुईओटा न्यारो बडि जहाजको पूरा किस्ता र वाइडबडि जहाजको आंशिक किस्ता बुझाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडिको असार महिनाको पूरा किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई र दुई बाइडबडिको आंशिक किस्ता बुझाएको हो ।

    images
    images

    असार मसान्तसम्म चार ओटा जहाजको पूरा र आंशिक किस्ता गरी निगमले कुल ४३ करोड ९ लाख ५५ हजार रुपैयाँ मात्रै कोषलाई भुक्तानी गर्न सकेको हो । निगमको जहाजहरूले निरन्तर उडान गर्न नसक्दा चार ओटा जहाजको किस्ता तिर्न समस्या भएको देखिएको छ । निगमको एउटा न्यारोबडी जहाज गत मंसिरदेखि वैशाखसम्म थन्किएको थियो भने पछिल्लो करिब एक महिनादेखि अर्को एक वाइडबडी जहाजसमेत मर्मतमा गएको कारण नियमित उडानमा छैन ।

    निगमको चारओटै जहाज निरन्तर उडानमा नहुँदा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये पूरा किस्ता तिर्न नसकेको हो । निगमले न्यारोबडीको लागि किस्ताकै पूरै रकम ३३ करोड ९ लाख ५५ हजार रुपैयाँ तिरेको भए पनि  दुई ओटा बाइडबडिको लागि भने ५÷५ करोड रुपैयाँ मात्रै तिरेको बताइएको छ ।

    निगमका प्रवक्ता रमेश पौडेलले व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जानकारी दिए ।

    विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले अहिलेसम्म व्यवसाय प्रभावित भएको उनको भनाइ छ ।

    कोरोनाको असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको थियो । सो सम्बन्धमा छलफल भइरहेको कोषबाट जानकारी आएको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार