images
images

प्रधानमन्त्री ओलीको आग्रह – डिजिटल माध्यमबाट शुभकामना  दिनुस्

प्रधानमन्त्री ओलीको आग्रह – डिजिटल माध्यमबाट शुभकामना  दिनुस्

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • प्रधानमन्त्री ओलीको आग्रह – डिजिटल माध्यमबाट शुभकामना  दिनुस्

    काठमाडौँ/  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् ।  

    images
    images

    उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । 

    प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरे । 

    आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरे । 


    “विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख  गरे । 

    गत असार ३० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार