images
images

वाणिज्य बैंकहरूले साउनमा पनि ब्याज दर घटाउने, अब कुन बैंकको ब्याज कति ?

वाणिज्य बैंकहरूले साउनमा पनि ब्याज दर घटाउने, अब कुन बैंकको ब्याज कति ?

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • वाणिज्य बैंकहरूले साउनमा पनि ब्याज दर घटाउने, अब कुन बैंकको ब्याज कति ?

    काठमाडौँ / साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याज दर घटाएका छन् । बैंकहरूले सार्वजनिक सूचना अनुसार साउन महिनामा अधिकांश बैंकहरूको ब्याज दर घटेको हो ।

    images
    images

    असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाएका छन् । त्यस्तै नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन् ।

    सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ ।

    असारमा बैंकहरूले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.८७ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ प्रतिशतमा झरेको छ ।  

    बैंकहरूको सूचनाअनुसार कृषि विकास बैंकको ब्याज दर ६.२९, एभरेस्ट बैंकको ६.३, राष्ट्रिय बाणिज्य बैंकको ६.२१, नेपाल एसबीआई बैंकको ६.३ प्रतिशत ब्याजदर कायम भएको छ । 

    यस्तै लक्ष्मी सनराइज बैंकको ६.५, ग्लोबल आईएमईको ६.२५, कुमारीको ६.७१, प्राइमको ६.५, नेपाल बैंकको ६.२५, सानिमाको ६.४ प्रतिशत ब्याज दर कायम भएको छ । 

    यसैगरी सिटिजन्सको ६.७५, नबिलको ७, इन्भेस्टमेन्ट मेगाको ७, सिद्धार्थको ६.७५, स्टान्डर्ड चार्टर्डको ७, माछापुच्छ्रेको ७, प्रभुको ७ प्रतिशत ब्याज दर कायम भएको छ । 

    यस्तै एनएमबिको ७.५३, एनआईसी एसियाको ७.५३, हिमालयको ७.५ प्रतिशत ब्याजदर कायम भएको छ । 

    लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । 

    निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुन्छ ।

    राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।

    यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याज दरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ ।

    ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीच अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गए अधिकतम वा न्यूनतममध्ये सोही एक दर कायम गरी अन्य दर समायोजन गर्नुपर्ने व्यवस्था छ ।

    Data bank.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार