images
images

आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको सम्भावना ?

आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको सम्भावना ?

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

    images
    images

    हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । 

    सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    मंगलबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

    कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

    मंगलबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । 

    गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । 

    कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

    बुधबार राति देशभर साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक(दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार