images
images

वाणिज्य बैंकहरूको ११ महिनासम्मको कमाई ५६ अर्ब ४५ करोड

वाणिज्य बैंकहरूको ११ महिनासम्मको कमाई ५६ अर्ब ४५ करोड

२० वटा वाणिज्य बैंकहरूको साउनदेखि जेठ मसान्तसम्ममा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • वाणिज्य बैंकहरूको ११ महिनासम्मको कमाई ५६ अर्ब ४५ करोड

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरुले साढे ५६ अर्ब नाफा आर्जन गरेका छन् । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको साउनदेखि जेठ मसान्तसम्ममा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् । 

    सार्वधिक नाफा कमाउनेमा नबिल, पछ्याउदै ग्लोबल आइएमई

    ११ महिनाको अवधीमा सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको देखिएको छ । यस बैंकले जेठ मसान्तसम्ममा ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 


    यस्तै, नबिल पछि सबैभन्दा धेरै नाफा आर्जन गर्ने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ  । यस बैंकले ५ अर्ब ९ करोड आर्जन गरेको छ । 

    अन्य कुन बैंकको नाफा कति ? 

    यस्तै, जेठ मसान्तसम्ममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, प्राइम कमर्सियलले ३ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गर्दा एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    यता, जेठ मसान्तसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नाफाका आधारमा छैटौं स्थानमा छ । यो बैंकले ३ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । 

    त्यसैगरी, प्रभु बैंकले ३ अर्ब ३ करोड, कृषि विकास बैंकले ३ अर्ब २ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । समग्रमा ९ वाणिज्य बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

    दुई अर्ब रुपैयाँभन्दा बढी र तीन अर्बभन्दा कम नाफा कमाउने ५ वटा वाणिज्य बैंक छन् । यस अवधिमा एनएमबि बैंकले २ अर्ब ७७ करोड खुद नाफा कमाउँदा हिमालयन बैंकले २ अर्ब ७६ करोड, लक्ष्मी सनराइजले २ अर्ब ३७ करोड, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड र एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

    साउनदेखि जेठ मसान्तसम्ममा ६ वाणिज्य बैंकको दुई अर्बभन्दा कम नाफा छ । सिटिजन बैंकले १ अर्ब ७५ करोड नाफा कमाउँदा सानिमाले १ अर्ब ७४ करोड कमाएको छ । 

    यस्तै कुमारी बैंकको १ अर्ब ६७ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ६६ करोड, माछापुच्छे बैंकको १ अर्ब २८ करोड रुपैयाँ नाफा देखिन्छ । नेपाल बैंकले सबैभन्दा कम १ अर्ब ७ करोड नाफा आर्जन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार