सशस्त्र प्रहरीले बाँस र तारजालीको सहायताले भक्तपूरमा अस्थायी तटबन्ध गरेको छ ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राईटोलमा असार २९ गते विहान बर्षाको कारण मनोहरा खोलामा पानीको बहाव बढेर जमिन कटान गरी घरहरुलाई क्षति पु¥याउने अवस्था भएपछि सशस्त्र प्रहरी बल, नेपाल नंं. २२ गुहेश्वरी गणले बोरा, बाँस र तारजालिको सहायताले छेकबार लगाएका हो ।

यसैगरि सोही जिल्लाको सुर्यबिनायक न.पा.–५ मा बर्षाको कारण पहिरो गइ घर जोखिममा परेपछि सोही गणबाट खटिएको सुरक्षा फौजले बोरामा बालुवा भरी वाल लगाएको सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।
