images
images

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना...

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना...

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना...
    images
    images

    सृष्टिका बुबा हुन् जगदीशप्रसाद यादव । अहिले दुईदिनदेखि यादव त्रिशुलीको किनारमा हेरिरहेका छन् । मुग्लिङ नारायणगढ सडकखण्ड सिमलतालमा छोरी चढेको बस पहिरोमा परेपछि यादव छोरी खोज्न आइपुगेका छन् । 
    यादवका आँखा झरि जस्तै बगेको छ । 

    कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता भइन् । 

    रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् । 

    जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान परीक्षाका लागि काठमाडौँ जाँदै थिइन् । तर काठमाडौ नपुग्दै त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ । 

    सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौँ गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताइन् । 

    दुई दिनदेखि दुर्घटनास्थलमा रहेका  उनले भनिन्, “छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौँ जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन्।”

    छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् । 

    “छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्न पाइयोस्”, 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार