images
images

प्रतिपक्षमा पुगे प्रचण्ड, अब कसले गर्ला सरकारको नेतृत्व ?

प्रतिपक्षमा पुगे प्रचण्ड, अब कसले गर्ला सरकारको नेतृत्व ?

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • प्रतिपक्षमा पुगे प्रचण्ड, अब कसले गर्ला सरकारको नेतृत्व ?

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिपक्षमा पुगेका छन् । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको पाटी प्रतिपक्षमा पुगेको हो । 

    images
    images

    असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका थिए ।

    तर, चार पटक विश्वासको मत पाउन सफल उनी यसपटक भने प्रधानमन्त्रीबाट पदमुक्त मात्रै नभई प्रतिपक्षमा पुगेका छन् । 

    १८ महिना सत्ताको नेतृत्व गरेका प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । 

    दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । त्यसको झन्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

    त्यसबेला उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।

    प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए ।

    त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए  । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो ।

    त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबिच चौथोपटक विश्वासको मत लिएका थिए । 

    त्यसबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।

    पाँचौ पटक संविधानको धारा १०० (२) बमोजिम शुक्रबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका उनले कुल खसेकामध्ये २४.४१ प्रतिशत मात्रै मत पाएका थिए । 
    संसदमा कुल उपस्थित सांसदमध्ये विश्वासको मतको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीका ६३ जना सांसदले उनलाई मत दिएका थिए । 

    विश्वासको मतको विपक्षमा उपस्थित २५८ मध्ये १९४ जनाले मतदान गरे । तटस्थमा जम्मा १ मत परेको थियो । 

    अब नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल उनी कामचलाउ हैसियतमा नै रहने छन्।

    कसले गर्ला सरकारको नेतृत्व ?  

    नेपालको संविधानको धारा १०० (३) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा स्वतः पदमुक्त हुने व्यवस्था छ।

    अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कुन धाराअन्तर्गत सरकार गठनको आह्वान गर्छन् भन्ने विषयमा चर्चा चुलिएको छ । 

    कांग्रेस र एमालेका नेताहरूले नेपालको संविधानको धारा ७६ (२) अनुसार संसद्‍मा बहुमत प्राप्त गर्न सक्ने जुनसुकै दलको नेता प्रधानमन्त्री नियुक्त हुनुपर्ने बताउँदै आएका छन्।

    माओवादी केन्द्रले भने ७६ (२) अनुसार बनेको प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब ७६ (३) अनुसार संसद्‍मा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्ने तर्क गर्दै आएको छ। 

    राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेमा काँग्रेस–एमालेबिच भएको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । त्यस्तै, संविधाको धारा ७६ (३) अनुसार राष्ट्रपतिले सरकार गठनको आह्वान गरेमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार