images
images

अभिजातहरुले विचौलियाको घरमा बसेर गठबन्धन बनाए – प्रचण्ड

अभिजातहरुले विचौलियाको घरमा बसेर गठबन्धन बनाए – प्रचण्ड

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • अभिजातहरुले  विचौलियाको घरमा बसेर गठबन्धन बनाए  – प्रचण्ड

    काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको बताएका छन् । यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पारेका छन् । 

    images
    images

    नेपाली कांग्रेसका शेर बहादर देउवा र एमाले नेता केपी ओलीलाई संकेत गर्दै विचौलिया तोकेका छन् । कांग्रेस एमालेको समिकरण कहाँ बन्यो कसको घरमा बन्यो ? त्यो स्थिति विचौलिया होइन ? अविजात होइन ? प्रश्न गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा भने । प्रचण्डसँग रिस पोख्ने बहानामा सिमान्तकृत समुहहरुलाई नहेपियोस् । 

    प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उनले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको भन्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए । 

    “यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन”, प्रधानमन्त्री दाहालले भने, “उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनको जगमा बनेको यो संविधानलाई सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइने छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार