images
images

एमाले र काँग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

एमाले र काँग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • एमाले र काँग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र काँग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढेको बताएका छन् । 

    images
    images

    प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेबिच सत्ताका लागि समिकरण किन भयो भन्नेतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । 

    रातारात व्यापारीको घरमा बन्द कोठामा बसेर नयाँ सरकार बनाउने सहमति गरेर त्यसलाई राष्ट्रिय सहमति दिइएकोप्रति व्यङ्ग्य गर्दै उनले भने, “एमाले र काँग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढिरहेका छन् ।”

    उनले भने, “प्रतिगमन र निरङ्कुशता आउने हो कि भन्ने मलालाई चिन्ता लागेको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।” 

    उनले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठुलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् ।

    “यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,” प्रधानमन्त्री प्रचण्डले भने ।

    उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको उनले बताए । 

    आउने दिनमा पनि त्यसरी नै संविधान बचाइने उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार