images
images

आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ अति भारी बर्षाको सम्भावना ?

आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ अति भारी बर्षाको सम्भावना ?

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ अति भारी बर्षाको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ।

    images
    images

    हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली  रहेको छ । 

    मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै  स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी, मधेश, बागमती,र गण्डकी प्रदेशका केही  स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा साथै  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

    शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ। 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । 

    कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली र प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी र गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। 

    आइतबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती र गण्डकी  प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ। आइतबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

    बागमती, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र  गण्डकी  प्रदेशका केही  स्थानहरूमा, लुम्बिनी  प्रदेशको  थोरै  स्थानहरूमा साथै  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी देखि अति भारी  वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार