images
images

विगेन नेपाल गण्डकीको बार्षिकोत्सव सम्पन्न, दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा

विगेन नेपाल गण्डकीको बार्षिकोत्सव सम्पन्न, दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • विगेन नेपाल गण्डकीको बार्षिकोत्सव सम्पन्न, दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा

    काठमाडौँ / विगेन नेपाल, गण्डकी प्रदेशको १०औं बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार विगेन दक्षिण कोरियाकी अध्यक्ष चुङसिन्जाको प्रमुख आतिथ्यतामा कास्कीको एसआर केसी ब्यांकेटमा १०औं बार्षिकोत्सव सम्पन्न भएको हो । 

    images
    images

    विगेन नेपालका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश सभा सदस्य सुसिला सिंखडा रहेकी थिईन् । 

    कार्यक्रममा विगेन नेपालको थेरापी सेवाबाट प्रत्यक्ष स्वास्थ्य लाभ लिएकाहरु र शुभेच्छुकहरु समेत गरी करिब एक हजार दुई सय जनाको उपस्थिति रहेको थियो । 

    विगेन नेपाललले आफ्नो सेवा केन्द्रबाट नेपालभर दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ । 

    हिँडडुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको हजारौं जीवन्त उदाहरण यस संस्थासँग रहेको अध्यक्ष श्रेष्ठको दाबी छ ।
    कार्यक्रमका प्रमुख अतिथि चुङसिन्जाले विश्वमा नै जीवनशैलीसँग सम्बन्धित शारीरिक स्वास्थ्य समस्याहरु बढ्दो अवस्थामा रहेकोले यस्ता समस्या निदानमा विश्व प्रसिद्ध उन्नत प्रविधिमा र पद्धतिमा आधारित थर्मल थेरापी सेवा प्रभावकारी भएको बताइन् ।

    उनले थर्मल थेरापी सेवाको कुनै पाश्र्व प्रभाव नरहेको बताइन् । उनले क्यान्सर लगायतका प्राणघातक रोगको लागि समेत पर्याप्त लाभ दिने उपकरण नेपाली समुदायलाई छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिन् । 

    विगेन कोरियाका प्रमुख कार्यकारी अधिकृतको प्रस्तुतिको नेपाली भाषामा रुपान्तरण कोरियन भाषा विज्ञ डा. विवेक तामाङले गरेका थिए । 

    त्यसै कार्यक्रमका विशेष अतिथि सिंखडाले आफूले समेत निरन्तर रुपमा विगेन थर्मल थेरापी लिँदै आएको र स्वास्थ्य उपचारमा निकै प्रभावकारी रहेको अनुभव सुनाइन् । 

    उनले नेपालका सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा समेत यो थेरापी सेवा दिन राज्यले पहल गर्नुपर्ने बताइन् । गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरी यसको सुरुवात गरेको समेत उनले जानकारी गराइएन् । 

    कार्यक्रममा उपस्थित सबै विशिष्ट व्यक्तिहरुले नीजि क्षेत्रबाट सञ्चालन भएको निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापीले सबै उमेर समूहको मानिसलाई स्वाथ्य लाभ दिएकोमा संस्थाप्रति आभार व्यक्त गरे । 

    यस प्ररकारको सेवा विस्तार कार्यलाई आगामी दिनमा राज्यले प्रोत्साहन एवं प्रवद्र्धन गनुपर्नेमा उनीहरुको जोड थियो ।

    कार्यक्रममा विगेन थर्मल थेरापीले आफ्नो जीवनमा ल्याएको परिवर्तनको बिषयमा स्वास्थ्यकर्मी छविलाल सुवेदीले थर्मल थेरापीको प्रभाव, वैज्ञानिक आधार र कारणसहित चर्चा गरेका थिए । 

    स्थानीय कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरन्जनात्मक र सन्देशमुलक बनाएका थिए । 

    थेरापीबाट लाभान्वित स्थानीय समाजसेवी कृष्ण नेपालले थेरापीको महिमासहित आफ्नो जीवनमा ल्याएको परिवर्तनको बारेमा गीतमार्फत जानकारी गराए । 

    समाज परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कला साहित्य संगीतका नक्षेत्र, समाजसेवी बुद्धिजिवी ५४ जना गण्डकी प्रदेशका जेष्ठनागरिकहरुलाई सम्मान गरिएको थियो । 

    कार्यक्रम शुभकामना तथा धन्यवाद मन्तव्य व्यक्त गर्दै विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सबै शारीरि समस्याहरु प्रचलित चिकित्सकीय उपचार पद्धतिले ठीक नहुने भएकोले आरोग्यताको लागि ध्यान, योग, व्यायाम, सन्तुलित प्राकृतिक आहार, सक्रिय जीवनशैली आवश्यक रहेको बताए । 

    माया, खुसी र स्वास्थ्य सबै नेपालीको नैसर्गिक अधिकार भएकोले आगामी दिनमा विस्तारित गुणस्तरीय सेवासहित विगेन नेपाल अझ सशक्त रुपमा नागरिक सेवा जुट्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।  
    कार्यक्रममा विगेन नेपालकी कार्यकारी निर्देशक ज्ञानु लामिछाने गिरीले स्वागत मन्तव्य राख्दै संस्थाले प्रदान गर्दै आएका सेवा तथा आगामी कार्यक्रमहरुबारे प्रकाश पारिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार