images
images

प्रधानमन्त्री प्रचण्डको काँधमा अब १० वटा मन्त्रालयको कार्यभार

प्रधानमन्त्री प्रचण्डको काँधमा अब १० वटा मन्त्रालयको कार्यभार

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • प्रधानमन्त्री प्रचण्डको काँधमा अब १० वटा मन्त्रालयको कार्यभार

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब १० ओटा मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले थप २ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेपछि उनको जिम्मेवारीमा १० ओटा मन्त्रालय परेको हो ।

    images
    images

    जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् । 

    मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएकी थिइन् । 

    उनीहरुको राजीनामासँगै प्रधानमन्त्रीकै सिफारिसमा उनीहरूले सम्हाल्दै आएको उक्त मन्त्रालयको कार्यभार स्वयम् प्रधानमन्त्रीले सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

    यसअघि राजीनामा दिएका एमालेका ८ मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्दै आएका छन् । 

    नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत लिनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार