images
images

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अति भारी बर्षाको चेतावनी, बाढी पहिरोको जोखिम

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अति भारी बर्षाको चेतावनी, बाढी पहिरोको जोखिम

शनिवार, असार २२ २०८१
शनिवार, असार २२ २०८१
  • कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अति भारी बर्षाको चेतावनी, बाढी पहिरोको जोखिम
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।
     
    हाल देशभर बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

     आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  र  थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।  

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
     
    शनिबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    आइतबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।   

    साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । आइतबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । 

    मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी,  लुम्बिनी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ ।  सबै प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । 

    कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

    सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, लुम्बिनी र सुधुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

    देशको अधिकांश क्षेत्रमा अत्याधिक धेरै वर्षाको सम्भावना रहेको छ।  

    कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार