images
images

स्थायी लेखा नम्बर अद्यावधिक गर्न खातावालाहरुलाई  एनआईसी एशिया बैंकको आग्रह

स्थायी लेखा नम्बर अद्यावधिक गर्न खातावालाहरुलाई  एनआईसी एशिया बैंकको आग्रह

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • स्थायी लेखा नम्बर अद्यावधिक गर्न खातावालाहरुलाई  एनआईसी एशिया बैंकको आग्रह

    काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर (प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । 

    images
    images

    बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो । 
     
    ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।  

    बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई‘ई–टीडीएस’रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ । 

    प्यान नम्बर अद्यावधि भएपश्चात ग्राहकहरुको कर कट्टीको विवरण सो नम्बरबाट प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।  

    यसले ग्राहकहरुलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा प्रमाणपत्र लिन बैंकसम्म धाउनु नपर्ने बैंकले जनाएको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार