images
images

राजीनामा दिन वालुवाटार पुगेका रास्वपा मन्त्रीहरू किन ‘ब्याक’ भए ?

राजीनामा दिन वालुवाटार पुगेका रास्वपा मन्त्रीहरू किन ‘ब्याक’ भए ?

बिहिवार, असार २० २०८१
बिहिवार, असार २० २०८१
  • राजीनामा दिन वालुवाटार पुगेका रास्वपा मन्त्रीहरू किन ‘ब्याक’ भए ?

    काठमाडौँ / मन्त्री पदबाट राजीनामा दिन वालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू त्यत्तिकै फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनीहरू राजीनामा दिनबाट ब्याक भएका हुन् ।

    images
    images

    बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै लामिछाने र अर्याललाई साथ दिन आग्रह गरेका थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएर फर्किएको बताए ।

    बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    “संसदलाई फेस गरिरहँदा मलाई साथ दिनुस् भन्नुभयो । हामी त्यसै पनि अर्को गठबन्धनमा, अर्को सरकारमा जाँदैनौं” परियारले भने । 

    विश्वासको मत दिने विषयमा भने आफूहरु छलफलमै रहेको परियारले बताए । उनले भने “हामीले उहाँलाई तत्कालै जतिसक्दो चाँडो संसदलाई फेस गर्ने मिलाउनुहोला, हामी पनि पार्टीमा आन्तरिक छलफल गर्छौं भन्यौं ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार