images
images

प्रचण्डले अर्कैसँग लसपस गरेपछि इच्छा विपरित सरकारमा जानु पर्यो : गगन थापा

प्रचण्डले अर्कैसँग लसपस गरेपछि इच्छा विपरित सरकारमा जानु पर्यो : गगन थापा

बिहिवार, असार २० २०८१
बिहिवार, असार २० २०८१
  • प्रचण्डले अर्कैसँग लसपस गरेपछि इच्छा विपरित सरकारमा जानु पर्यो : गगन थापा

    विराटनगर / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण ले अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । 

    images
    images

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था नआउने बताएका हुन् । 

    थापाले भने, “अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो । प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो । प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।” 

    साथै, उनले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् । “मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,” उनले भने । 

    थापाले कांग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसकै बढी रहेको बताए। 

    उनले भने, “यो संविधान हामीले अरु कसैका लागि बनाइदिएको होइन । यो संविधानलाई जोगाउने जिम्मेवारी हाम्रो हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशीता, समानुपातिक व्यवस्था, सबैको स्वतन्त्रता, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई सबै कुरालाई थप सुदृढ गर्नेगरी संविधानको पुनरावलोकन गर्ने कांग्रेसको प्रस्ताव हो ।” 

    यद्यपि कांग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने उनले बताए । सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने उनको भनाइ छ । 

    अहिलेको सरकार ढाल्न प्रधानमन्त्री  प्रचण्ड बाहेक कसैको भूमिका नरहेको दावी गर्दै उनले संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको बताए।

    दुईवटा दल मिल्दै गर्दा कहिलेकाँही सङ्ख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहेपनि सरकारभन्दा बाहिर बसेका नेताहरूले यो सांसदबाटै खबरदारी गर्ने उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार