images
images

एमालेका मन्त्रीहरूले बालुवाटार पुगेर बुझाए राजीनामा, प्रधानमन्त्री प्रचण्डले सुनाए गीत

एमालेका मन्त्रीहरूले बालुवाटार पुगेर बुझाए राजीनामा, प्रधानमन्त्री प्रचण्डले सुनाए गीत

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • एमालेका मन्त्रीहरूले बालुवाटार पुगेर बुझाए राजीनामा, प्रधानमन्त्री प्रचण्डले सुनाए गीत

    काठमाडौँ / नेकपा (एमाले)का मन्त्रीहरूले बालुवाटार पुगेर राजीनामा बुझाएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन् । 

    images
    images

    कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

    एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रधानमन्त्री प्रचण्डले धेरै टिप्पणी नगरी फत्तेमान राजभण्डारीको गीत ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले,’ सुनाए । 

    प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार