images
images

नेप्से ११.६० अङ्कले घट्दा ४ अर्ब ५ करोड बढी कारोबार, कसले कति गुमाए ?

नेप्से ११.६० अङ्कले घट्दा ४ अर्ब ५ करोड बढी कारोबार, कसले कति गुमाए ?

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • नेप्से ११.६० अङ्कले घट्दा ४ अर्ब ५ करोड बढी कारोबार, कसले कति गुमाए ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६० अङ्कले घटेर दुई हजार ६०.१६ को विन्दुमा कायम भएको छ । लगातार ३ दिन बढेको बजार आज बुधबार भने घटेर बन्द भएको हो । 

    images
    images

    आज तीन सय ५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज नेप्से परिसूचक संगै कारोबार रकम पनि घटेको देखिएको छ । 

    हिजो अर्थात मंगmबार एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६ हजार पाँच सय १९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ बराबरको कारोबार भएको थियो । 

    आज कारोबारमा फाइनान्स ०.४५ प्रतिशत र म्युचल फन्ड ०.१४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

    आजको बैकिङ्ग ०.६५ प्रतिशत, विकास बैंक १.०३ प्रतिशत, होटल तथा पर्यटन ०.२९ प्रतिशत, हाइड्रोपावर ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट ०.९१ प्रतिशत, जीवन बीमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१६, माइक्रोफाइनान्स ०.४८, निर्जीवन ०.३४ र अन्य ०.५८ प्रतिशतले घटेको छ ।

    1.JPG

    यस्तै, आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयााको शेयर कारोबार भएको छ । 

    गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले कमाएका छन् । 

    शिभ श्री हाइड्रोपावरका लगानकिर्ताले ७.२६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.३८ प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार