images
images

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

    काठमाडौँ / नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  उपाधि विजेता बनेकामा बधाई दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार समेत दिएका थिए ।

    images
    images

    बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुःखमा आफू साथमै रहेको बताए । 

    साथै प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे । 

    बर्दियाका करणले प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि जितेका थिए । 

    prachan.JPG

    गत शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार