images
images

बीमा कम्पनीको व्यापार बढेपनि अझै ५६ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर

बीमा कम्पनीको व्यापार बढेपनि अझै ५६ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • बीमा कम्पनीको व्यापार बढेपनि अझै ५६ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को जेठ मसान्तसम्म बीमा कम्पनीहरुले १ खर्ब ७० अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनासम्मा हाल सञ्चालनमा रहेका १४ जिवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनीहरूले १ खर्ब ७० अर्ब ३२ करोड ७७ लाख रुपैयाा भन्दा धेरै बीमा शुल्क आर्जन गरेका हुन् । 

    प्राधिरकणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन अघिल्लो वर्षको जेठ मसान्तसम्मको तुलनामा ५.९६ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष सोही अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ६० अर्ब ७४ करोड २६ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए । 

    चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७.४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

    यता, चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमकहरुले १ करोड ४० लाख ८९ हजार ६२२ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.१४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले १ करोड ४० लाख ६९ हजार ९३७ वटा बीमालेख जारी गरेका थिए । 

    यसैगरी चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १.०२  प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म जिर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

    यता, चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमकहरुले २७ लाख १३ हजार ७१ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले २५ लाख ३७ हजार ४१६ वटा बीमालेख जारी गरेका थिए । 

    ५६ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर

    बीमा प्रधिकरणले सार्वजनिक गरेको तथयाङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा बीमा कम्पनीको व्यापार बढेपनि अझै ५६ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर नै रहेको पाइएको छ । 

    तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्याको ४३.९५ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन् । अघिल्लो वर्ष कुल जनसंख्याको ४४.२० प्रतिशत जनसंख्या बीमाको दायरामा रहेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार