images
images

निर्जीवन बीमा कम्पनीले एक महिनामा संकलन गरे ३ अर्ब ४५ करोड बीमा शुल्क, कुन कम्पनीले कति ?

निर्जीवन बीमा कम्पनीले एक महिनामा संकलन गरे ३ अर्ब ४५ करोड बीमा शुल्क, कुन कम्पनीले कति ?

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • निर्जीवन बीमा कम्पनीले एक महिनामा संकलन गरे ३ अर्ब ४५ करोड बीमा शुल्क, कुन कम्पनीले कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले करिब साढे ३ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा ३ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । उक्त समयमा यी कम्पनीहरूले  २ लाख १५ हजार ६१० वटा बीमा पोलिसी विक्री गरेका छन् । 

    यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ४८ करोड १३ लाख रुपैयाँ कुल बीमा शुलक संकलन गरेका छन् । 

    दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४० करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३५ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    त्यस्तै, आइजिआई प्रुडेन्यिसल इन्स्योरेन्स कम्पनीले ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ५४ लाख रुपैयाँ कुल बीमा शुलक संकलन गरेको छ । 

    सानिमा जिआइसी इन्स्योरेन्सले २७ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    एनएलजी इन्स्योरेन्स कम्पनीले २२ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    राष्ट्रिय बीमा कम्पनीले १९ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    प्रभु इन्स्योरेन्स कम्पनीले १२ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १० करोड ९१लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार