images
images

दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस भएका प्याकुरेलले किन गरे पद अस्वीकार ?

दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस भएका प्याकुरेलले किन गरे पद अस्वीकार ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस भएका प्याकुरेलले किन गरे पद अस्वीकार ?

    काठमाडौँ / दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । प्याकुरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै राजदूत पद अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले  सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको बताएका छन् । 

    images
    images

    उनले विज्ञप्तिमा लेखेका छन्, “आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु ।”

    साथै उनले आफूलाई बधाई, शुभकामना दिँदै सद्भाव प्रकट गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएकोसमेत बताएका छन् । 

    “मैले प्रस्ट शब्दमा उल्लेख गर्ने पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन,” विज्ञप्तिमा भनिएको छ, “राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।”

    राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले आठ देशमा राजदूत सिफारिस गरेको थियो । सिफारिस गरिएका राजदूतहरूमध्येका अधिकारकर्मी प्याकुरेलले उक्त पद अस्वीकार गरेका हुन् । 

    1.jpg

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार