images
images

एनसेल एपमा अब माछापुच्छ्रे बैङ्कको प्लेटफर्ममार्फत भुक्तानी सुविधा, सधैँ अन रहन सहयोग गर्ने विश्वास

एनसेल एपमा अब माछापुच्छ्रे बैङ्कको प्लेटफर्ममार्फत भुक्तानी सुविधा, सधैँ अन रहन सहयोग गर्ने विश्वास

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • एनसेल एपमा अब माछापुच्छ्रे बैङ्कको प्लेटफर्ममार्फत भुक्तानी सुविधा,  सधैँ अन रहन सहयोग गर्ने विश्वास

    काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए ।

    images
    images

    मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरू रहेको एनसेलको ‘सधैँ अन’ योजना अन्तर्गत गरिएको यस सम्झौता अनुसार, अब माछापुच्छ्रे बैङ्कमा आफ्नो खाता भएका एनसेलका ग्राहकहरूले बैङ्कको मोबाइल बैङ्किङ्ग एप एमबीएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरि एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिदका लागि भुक्तानी गर्न सक्नेछन् । 

    यसैगरी, एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैङ्कको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैङ्कले लिएको छ ।

    एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ । माछापुच्छ्रे बैङ्क नगदरहित बैङ्किङ्गलाई बढावा दिदैँ पहिलो डिजिटल स्मार्ट बैङ्कको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको छ । 

    फरक-फरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैङ्कले सधैँ तत्पर रहँदै आएको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार