काठमाडौँ / सातको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयााले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको हो ।
महासंघको अनुसार आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको हो ।