images
images

निर्वाचन आचारसंहिता अनुगमन  गर्न समुह निर्माण गरेरै परिचालन (नामावलीसहित)

निर्वाचन आचारसंहिता अनुगमन  गर्न समुह निर्माण गरेरै परिचालन (नामावलीसहित)

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • निर्वाचन आचारसंहिता अनुगमन  गर्न समुह निर्माण गरेरै परिचालन (नामावलीसहित)
    images
    images

    काठमाडौं/  निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन,२०८१ लाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन विभिन्न आचार संहिता तोकेको छ । 

    यहि मंसिर २ गतेदेखि सम्बन्धित जिल्लाहरूमा निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले बताइसकेको छ । आज १२ गतेदेखि पुनः संहिता स्मरण गराउँदै विभिन्न समुहमा अनुगमन टोलीसमेत खटाइएको जनाएको छ । 

    स्थानीय तह उपनिर्वाचन, २०८१ को प्रचार–प्रसारको क्रममा काठमाडौँ जिल्लामा आचारसंहिताको उल्लंघन भएको भनी आयोगमा सूचना प्राप्त भएकोले निर्वाचन आयोगबाट लागू गरिएको आचारसंहिताको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्न काठमाडौँ
    महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकाका लागि अनुगमन टोली गठन गरी परिचालन गरिएको छ। 

    निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित गतिविधिहरूको अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाईएमा निर्वाचन (कसुर तथा सजायँ) ऐन, २०७३ बमोजिम कारबाही गर्न अधिकारसहितको टोलीलाई
    निर्वाचन आयोगको मिति मंसिर १२ गतेको निर्णयले खटाइएको भनिएको छ। त्यसै गरी उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचा–प्रसारको सुक्ष्म अनुगमन भइरहेको दावी छ। 

    आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्दछ । 


    काठमाडौँ जिल्लामा खटिएको अनुगमन टोलीः

    समूह (१) काठमाडौँ महानगरपालिका वडा नं.१६

    १. सहसचिव श्री नारायण प्रसाद सापकोटा
    २. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री दिग विजय सुवेदी
    ३. उपसचिव (कानून) श्री सीता पुन श्रीष
    ४. प्रहरी उपरीक्षक श्री सञ्जयसिँह थापा
    समूह (२) कीर्तिपुर नगरपालिका

    १. प्रहरी वरिष्ठ उपरीक्षक श्री दीपक रेग्मी
    २. उपसचिव डा थानेश्वर भुसाल
    ३. उपन्यायाधिवक्ता श्री केदारकुमार अधिकारी
    ४. सशस्त्र प्रहरी उपरीक्षक श्री अशोक न्यौपाने

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार