images
images

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पु-याउन सकिन्छ : अर्थसचिव मरासिनी

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पु-याउन सकिन्छ : अर्थसचिव मरासिनी

पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएको छ । अर्थतन्त्र सही मार्गमा हिँडेको छ । अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नु पर्ने बैंकरहरुलाई सुझाव

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पु-याउन सकिन्छ : अर्थसचिव मरासिनी
    images
    images

    काठमाडौं / अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । 


    नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

    मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ ।’ 
    उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको बताए । 

    अर्थसचिव मरासिनीले भने, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ ।’

    यस्तै, उनले  पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको अनुभव सुनाए । यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्न्ु पर्ने उनको भनाइ छ । 

    यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भएपनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा  अगाडि नै रहेको धारणा राखे । उनले पछिल्लो समय अधिकांश मानिसहरूले बजेटको भन्दा मौद्रिक नीतिमभाथि विश्वास गर्दा चिन्ता र चुनौति पनि थपिएको बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार