images
images

११ महिनाको वैदेशिक व्यापार : १४ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात, व्यापार घाटा कति ?

११ महिनाको वैदेशिक व्यापार : १४ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात, व्यापार घाटा कति ?

आयात र निर्यात खुम्चिएसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ ।

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • ११ महिनाको वैदेशिक व्यापार : १४ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा १४ खर्बको आयात हुँदा १ खर्ब ३९ अर्बको निर्यात भएको हो । 

    ११ महिनामा आयात गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम भएको देखिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बस्तु आयात १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको भएको थियो ।

    विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा एक खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    आयात र निर्यात खुम्चिएसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।

    यता, नेपालको वैदेशिक व्यापार घाटा भने १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । जुन गत वर्षको सोहि तुलनामा १.९५ प्रतिशत कमी हो ।

    यस्तो छ चालु आर्थिक बर्षको ११ महिनाको वैदेशिक व्यापारको अवस्था

    आयात – १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार 

    निर्यात –  १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार 

    व्यापार घाटा – १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार 

    कुल वैदेशिक व्यापार – १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार  

    आयात–निर्यात अनुपात – १०.४४

    कुल व्यापारमा निर्यात शेयर – ८.७४ प्रतिशत

    कुल व्यापारमा आयात शेयर – ९१.२६ प्रतिशत

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार