images
images

रसुवा भन्सारले राजस्व छल्न खोज्ने व्यापारीबाट उठायो ५८ करोड ५५ लाख जरिवाना

रसुवा भन्सारले राजस्व छल्न खोज्ने व्यापारीबाट उठायो ५८ करोड ५५ लाख जरिवाना

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • रसुवा भन्सारले राजस्व छल्न खोज्ने व्यापारीबाट उठायो ५८ करोड ५५ लाख जरिवाना
    images
    images

    रसुवा / चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ ।

    प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । 

    चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ । 

    राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उहाँले बताउनुभयो । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार