images
images

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिरा बिच रेमिटान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिरा बिच रेमिटान्स सम्झौता

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिरा बिच रेमिटान्स सम्झौता
    images
    images

    काठमाडौँ / युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । यससँगै अब युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् । 

    नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोवाइल वालेटमा लोड गर्न सकिन्छ । 

    यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ । 

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

    हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड सिटी १००  प्रयोग गरी भुक्तानी लिदा  रु. १०० सम्म बोनस पाउन सकिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार