काठमाडौँ / आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।