images
images

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालन, आर्जित पोइन्ट्स नगदको सट्टा प्रयोग गर्न सकिने

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालन, आर्जित पोइन्ट्स नगदको सट्टा प्रयोग गर्न सकिने

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालन, आर्जित पोइन्ट्स नगदको सट्टा प्रयोग गर्न सकिने

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैङ्किङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । 

    images
    images

    बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, सञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी सो योजना सार्वजनिक गरेको हो ।

    बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गर्नुभएको खरिद ९एइक् तथा भ्(अयmmभचअभ० र मोबाइल बैकिङ्गबाट गर्नुभएको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नुहुनेछ । 

    यसरी आर्जन गर्नुभएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नुहुनेछ ।

    सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पु¥याउनेछ बताए । 

    साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्राहकहरुको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको जानकारी समेत गराएका थिए । 

    बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा ग्राहकमैत्री सेवाहरु ल्याउँदै आएको छ भने आगामी दिनहरुमा पनि विभिन्न प्रविधिमैत्री सेवा तथा सुविधा सञ्चालनमा ल्याउने योजना बैंकको रहेको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्राहक सेवा केन्द्रमार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार