images
images

दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा, आगामी बर्षभित्र २०० स्थानहरूमा विस्तार गर्ने योजना

दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा, आगामी बर्षभित्र २०० स्थानहरूमा विस्तार गर्ने योजना

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा, आगामी बर्षभित्र २०० स्थानहरूमा विस्तार गर्ने योजना

    एसआइआइपिएल ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रुपमा भित्र्याएको छ। बुधबार काठमाडौँस्थित एक होटलमा आयोजित कार्यक्रममा सेलिब्रेटी, इन्फ़्लुएन्सर, एसआइपिपि एलका अध्यक्ष सौरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट  मजहर अलि (सेल्स, मार्केटिंग तथा सप्लाई चेन), ज्योती ग्रुपका कर्मचारीलगायतका उपस्थितिमा आइसक्रिमको औपचारिक बिक्री वितरण गर्ने जानकारी गराइएको हो । 

    images
    images
    images
    images

    क्वालिटी आइसक्रिम, भारतको ग्रेभिस समूह अन्तर्गत प्योर आइसक्रिमद्वारा उत्पादित, एक प्रतिष्ठित ब्राण्ड हो।  

    सन् १९७७मा, संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्राण्डको रुपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सले गर्दा विश्वभरकै आइसक्रिम पारखीहरुको रोजाईको ब्राण्ड बनेको छ ।  

    गत वर्षको अक्टोबरदेखि, देशभरका डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरूमा उपलब्ध क्वालिटी आइसक्रिमले हालै आफ्नै किओस्क र कार्टहरु संच्चलन गरी आफ्नो विशिष्ट स्वादहरूले  गर्दा  नेपालमा निरन्तर रूपमा लोकप्रियता पाइरहेको छ।  

    कार्यक्रमलाई सम्बोधन गर्दै प्योर आइसक्रिमका सेल्स, मार्केटिंग तथा सप्लाई चेनका भाइस प्रेसिडेन्ट मजहर अलिले, नेपाली उपभोक्ताहरुको बदलिँदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाई  तथा अन्तर्र्राष्ट्रिय आइसक्रिम फ्लेभरको बढ्दो बजार मागलाई सम्बोधन गर्दै विभिन्न अन्तर्राष्ट्रिय फ्लेभरका आइसक्रिमहरु भित्र्याएको बताए।  

    साथै एसआईआईपीएल नेपालका अध्यक्ष सौरभ ज्योतीले, नेपालमा क्वालिटी आइसक्रिम भित्र्याउनु उत्साहजनक रहेको र आगामी वर्ष भित्र देशव्यापी रूपमा दुई सय स्थानहरूमा विस्तार गर्ने योजना बताएसँगै, नेपालभरका इच्छुक व्यवसायहरूबाट पार्लर, कार्ट, आउटलेटहरुमा लगानी र सहकार्यलाई स्वागत गरिने  जानकारी दिए।  

    विस्तार योजना अन्तर्गत प्रमुख नेपाली सहरहरूमा विभिन्न आउटलेट, डिपार्टमेन्टल स्टोर्स, शपिंग सेन्टर र रेस्टुरेन्टहरुमा आकर्षक किओस्क र कार्टहरू राखि क्वालिटी आइसक्रिमलाई देशभरका आइसक्रिम प्रेमीहरूको पहुँचमा पुर्याउने योजना रहेको पनि कम्पनीले जनाएको  छ। 

    क्वालिटीले पिस्ता, फ्रुट सलाद, म्यांगो, मलाई पिस्ता कुल्फी र कुकीज एण्ड क्रिम जस्ता अन्य धेरै उत्कृष्ट फ्लेभरहरू सहित स्टिक, कप र टबहरूमा अन्तर्राष्ट्रिय स्वादहरू बिक्री गर्दै आएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार