काठमाडौँ / एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।
हेडबक्स निर्माणका लागि एडिबीले २अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) रुपैयाँ अनुदान दिने भएको हो । २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्याएको थियो ।
बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झण्डै १ हजार मिटरमाथि हेडबक्स बनाउने तयारी भइरहेको छ । यस्तोमा एडीबीले २ अर्बभन्दा बढी रुपैयाँ अनुदान प्रदान गर्न लागेको हो ।