काठमाडौँ / साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ ।
यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । बिहीबार छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रूपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९७ करोड रूपैयाँ कमी आएको हो । यस दिन ३१७ वटा धितोपत्रको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच भएको हो । आइतबार ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ वटाको घटेको छ । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रूपैयाँ १० पैसा कायम भएको छ । यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ८१४ रूपैयाँ कायम भएको छ ।
यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
भगवती हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रति कित्ता मूल्य एक हजार १७ रूपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, समृद्धि फाइनान्सको मूल्य ६.११ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४०९ रूपैयाँमा झरेको छ।
नेपाल फाइनान्सको सर्वाधिक कारोबार
आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ६६१ रूपैयाँ १० पैसामा ३० करोड ४० लाखको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४६ रूपैयाँमा १८ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।