images
images

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा ८ अवार्ड जित्यो, प्रवास होलिडेज् सञ्चालन

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा ८ अवार्ड जित्यो, प्रवास होलिडेज् सञ्चालन

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा ८ अवार्ड जित्यो, प्रवास होलिडेज् सञ्चालन
    images
    images

    काठमाडौँ / प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट विभिन्न ८ ओटा अवार्ड जित्न सफल भएको छ । विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय एअरलाईन्स् टिकेटिङ् सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले गएको ६ महिनामा ८ ओटा अवार्ड जितेको हो । 

    टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।

    स्थापना कालदेखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल कम्पनीले २०२३ र २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय एअरलाईन्सको एअर टिकट विक्री गर्दाको सङ्ख्या, मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जित्ने क्रममा यो उपलब्धि हासिल गर्न सफल भएको हो। 


    हालै आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एण्ड टुर्सले आफ्नो अनलाईन ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कमको सेवामा थप अभिवृद्धि गरेको छ भने प्रवास होलिडेज्को स्थापना तथा सञ्चालन समेत शुरु गरेको छ ।

    Thai.jpg

    थप विशेषता र अतिरिक्त सुविधासहित सञ्चालनमा ल्याईएको ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कमबाट विश्वभरको जुनसुकै कुनामा बसेर सजिलै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक एअर टिकट खरिद गर्न सकिनेछ कम्पनीको दावी छ । 

    आवश्यक परेको खण्डमा २४ घण्टा ग्राहक सेवा उपलब्ध रहेको प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकास लोहनीले जानकारी दिए । 

    सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धतालगायतका कारणहरूले ट्राभल ट्रेडमा प्रवास ट्राभल विश्वाससनीय कम्पनीको रूपमा प्रवास ट्राभल एण्ड टुर्स लोकप्रिय भएको उनले बताए । 

    Prabas hiliday.jpg

    कम्पनीले विभिन्न एअरलाईन्सहरुसँगको सहकार्यमा स्टुडेण्ट फेयर, बढी ब्यागेज जस्ता आकर्षक अफरहरू प्रवास ट्राभलले ल्याउने गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार