images
images

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको छापवाल सुन आज घटेर १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय १० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय रुपैयाँ मात्रै पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार