images
images

फिस्लिङ नजिक दुर्घटनाः बस र कार ठोक्किदा बस नदि किनारामा खस्यो ५ जना गम्भिर घाईते

फिस्लिङ नजिक दुर्घटनाः बस र कार ठोक्किदा बस नदि किनारामा खस्यो ५ जना गम्भिर घाईते

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • फिस्लिङ नजिक दुर्घटनाः बस र कार ठोक्किदा बस नदि किनारामा खस्यो ५ जना गम्भिर घाईते

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

    नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । 

    काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा  ठोक्किँदा बस नदी किनारमा खसेको हो । 

    कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको प्रत्यक्षदर्शीले बताए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । 

    बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी  दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार