images
images

नाइजेरियाको लागोसमा भएको मेलामा एशियन थाई फुड्सका प्रडक्ट एक मात्र  सहभागी

नाइजेरियाको लागोसमा भएको मेलामा एशियन थाई फुड्सका प्रडक्ट एक मात्र  सहभागी

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • नाइजेरियाको लागोसमा भएको मेलामा एशियन थाई फुड्सका प्रडक्ट एक मात्र  सहभागी
    images
    images

    नेपाली खाद्य उद्योगमा अग्रणी एशियन थाई फूड्स  नाइजेरियाको लागोसमा आयोजित फूड एन्ड बभरेजेज वेस्ट अफ्रिका २०२४ जुनको अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागिता दिने नेपालतर्फको  पहिलो र एकमात्र कम्पनी बनेको छ । विश्व बजारमा आफ्नो पहिचान विस्तार गर्दै  गरेको उक्त कम्पनीले बजारी करणलाई थप बल पुगेको विस्वास लिएको छ ।

    स्थापनाको २५ वर्ष अबधिमा यस कम्पनीले नेपालको नूडल्स (चाउचाउ) र स्न्याक्स उत्पादहरुको बाजार विश्वभर  विभिन्न मुलुकमा  पुर्याउँदै स्वाद चखाउँदै आएको छ ।

    रमपम र प्रीति जस्ता अनेकौं लोकप्रिय ब्रान्डहरूका उत्पादकको रूपमा नेपाली कम्पनीले प्रसिद्धि पाएको छ । 

    अमेरिका, आस्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरु लगायत एशियाका अन्य थुप्रै राष्ट्रहरुमा नेपालको तयारी प्रशोधित खाद्य पदार्थ ( पैकेज्ड फूड प्रोडक्ट्सको रूपमा  पुग्दछ । 

    कम्पनीका प्रबन्धक निर्देशक महेश जाजू भन्छन्, विश्व भरिको बाजारमा भारतीय उपमहाद्वीपमा तयार पारिएको खाद्य उत्पादन र मसालाप्रति अलग्गै आकर्षण छ। 

    त्यस मध्ये नेपाली खाद्य उत्पादनप्रति पनि अलग रुचि र आकर्षणको सम्भावना छ। 

    यसै अनुभूतिका आधारमा हामी बाजार विस्तार गर्दै नेपालको निर्यात बढाउने लक्ष्य राख्दछौं । 

    अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरूमा सहभागिता दिनु बाजार विस्तारको रणनीति भएको कम्पनीले जनाएको छ ।

    आज २६ भन्दा बढि देशहरूमा आफ्ना उत्पादनहरु निर्यात गरि रहेको अनुभव पनि जाजूले बताए । 

    गल्फ फूड दूबई, वर्ल्डफूड इस्तानबुल (टर्की), वर्ल्डफूड इन्डिया, र आहार इन्डिया जस्ता प्रतिष्ठित व्यापारिक मेला(प्रदर्शनी जस्ता आयोजनाहरुमा यस कम्पनीले नेपाल र नेपाली खाद्य उत्पादनप्रति अलग र अमिट छाप छोडेको छ।

    उल्लेखनीय रूपमा, यि प्रदर्शनीहरूमा यस कम्पनीको उपस्थिति पूर्णरूपले आफ्नै खर्चमा भएको हो।

    यसले नेपाली खाद्य उत्पादलाई विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्दै सिंगो राष्ट्रको सबल आर्थिक भविष्यको सम्भावना माथि समेत उदाहरण बनाएको छ। 

    एशियन थाई फूड्सले अकबरे, कोरियन रैमन, किम्ची रैमन, नेपोलिटाना, मशरूम, स्रिम्प, सि– फूड जस्ता अनेकौं नया फ्लेवरमा विश्वबाजारमा छ । 

     त्यस्तै चिजबल, फायरबल, लेमन मिन्ट स्टिक्स, स्रिम्प क्र्याकर, चिकेन क्र्याकर, फायर क्र्याकर, पञ्जाबी पकोडा, मसाला मन्च, अकबरे स्टिक्स, पोटैटो क्र्याकर र इटालियन पास्ता जस्ता खाउं(खाउं लाग्ने अनेकौं नमकीन(स्न्याक्सहरू समेत बजारमा छन् । 

    स्थानीय उत्पादन र निर्यातको प्राथमिकता दिई कम्पनीले विश्वबजारमा आफ्नो पहिचान बनाएको छ। 

    राज्यको प्रोत्साहनको अभाव भएपनि यस कम्पनीले स्वतन्त्र रूपमा विश्वव्यापी स्तरसम्म नेपाली खाद्य उत्पादनहरु पनि पुर्याइरहेको दाबी गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार