images
images

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे ।

    images
    images

    गृहमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए । ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरू अघि बढेको उनले बताए ।  

    “तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्”, गृहमन्त्री लामिछानेले भने । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उनले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरू उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिए ।  

    “प्रदेश संरचनालाई लिएर धेरै जिज्ञाशा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ”, उनले भने । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरू मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राखे ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार