images
images

गण्डकीमा भौतिक पूर्वाधारमन्त्री दीपक मनाङे र उर्जामन्त्री फणिन्द्र देवकोटाले लिए सपथ

गण्डकीमा भौतिक पूर्वाधारमन्त्री दीपक मनाङे र उर्जामन्त्री फणिन्द्र देवकोटाले लिए सपथ

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • गण्डकीमा भौतिक पूर्वाधारमन्त्री दीपक मनाङे र उर्जामन्त्री फणिन्द्र देवकोटाले लिए सपथ

    गण्डकी / गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

    images
    images

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

    मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

    उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

    सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार