images
images

पारिवारिक निजी वनका किसानमैत्री नीति निर्माण तथा कार्यान्वयन गर्न संघको माग

पारिवारिक निजी वनका किसानमैत्री नीति निर्माण तथा कार्यान्वयन गर्न संघको माग

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • पारिवारिक निजी वनका किसानमैत्री नीति निर्माण तथा कार्यान्वयन गर्न संघको माग

    काठमाडौँ / पारिवारिक निजी वन संघ नेपालले निजी वनको विस्तार र प्रवर्द्धनमा अपेक्षाकृत नतिजा प्राप्त हुन नसकेको जनाएको छ । काठमाडौँमा सोमबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशमा पारिवारिक निजी वनका किसानहरूमैत्री नीति नियमहरू निर्माण तथा कार्यान्वयन हुन नसक्दा नतिजा प्राप्त हुन नसकेको जनाएको हो । सो अवसरमा संघले आधिकारिक, नेतृत्वदायी तथा जवाफदेयीपूर्ण संगठनको हैसियतले आफ्नो माग पूरा गर्न सरकारसँग मागसमेत गरेको छ । 

    सोमबारदेखि काठमाडौँमा सुरु भएको महाधिवेशन आज मंगलबारसम्म चल्ने संघका अध्यक्ष जोगराज गिरीले जानकारी दिए । समान चाहना भएका सरोकारवाला संघसंस्थाहरूबिच समन्वय र सहकार्यलाई सुदृढ गर्दै नीति निर्माणमा परिणाममुखि हस्तक्षेप गर्दै आएको संघको यो तेस्रो महाधिवेशन हो ।

    साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा वन, वातावरण तथा परिवारिक निजी वनसँग सरोकार राख्ने विभिन्न सरकारी, गैह्रसरकारी तथा दातृ निकायहरु जस्तै, अन्तर्राष्ट्रिय पारिवारिक निजी वन अलायन्स, अन्तर्राष्ट्रिय हिमाल साझेदारी कार्यक्रम, ग्लोवल इभर ग्रीन, पारिवारिक निजी बनPariwarik niji ban2.jpgबीच समन्वय र सहकार्य गरी आफ्नो कार्य क्षेत्र र अनुभवलाई विस्तार गरेको छ। 

    यस अवधिमा परिवारिक निजी वनका सवाल तथा यसका लक्ष्य र योजनाहरुलाई स्थानिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म छलफलको विषय बनाउन संघ सफल भएको छ । 

     

    जलवायु परिवर्तनका विश्वव्यापी प्रभाव र असरहरुबाट नेपाल पनि अछुत छैन । जलवायु परिवर्तनका असरहरुलाई कम गर्ने गरी समानुकूलित सामाज निर्माणमा संघले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । 

    योगदानको आधारमा वातावरणीय सेवाको भुक्तानीको लागि किसानमैत्री नीति निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायहरुसँग संघले पैरवी गर्दै आएको छ । 

    संघले स्थापनाकालदेखि नै सुशासन र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका मान्यताहरुलाई सांगठानिक विधि र प्रक्रियाहरुमा आन्तरीकरण गरी सामाजिक न्यायका अभियानहरुलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको संघका अध्यक्ष गिरीले बताए । 

    बैंकिङ्ग तथा वित्तीय संस्थाहरु तथा अन्य निजी क्षेत्रहरुसँगको समन्वय र सहकार्यमा उद्यम व्यवसाय स्थापना र प्रवर्द्धन गर्ने कार्यमा समन्वय गर्दै निजी वन विस्तार, प्रवर्द्धन र उद्यमशिलता विकास गर्ने कार्यलाई सकृयताकासाथ अघि बढाएको उनको भनाइ छ । 

    उनका अनुसार संघले साना किसान, सिमान्तकृत पारिएका विपन्न समुदाय, महिला तथा जनजातिहरुमैत्री नीति निर्माणमा तत्परता देखाउँदै कृषि वनको विस्तार गर्ने जमीनको उत्पादकत्व बढाई खाद्य सुरक्षाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ ।

    पारिवारिक निजी वनका किसान, सरकार र निजी क्षेत्रसँग हातेमालो गर्दै खेर गइरहेका निजी आवादी जमीनहरुमा वहुउपयोगी तथा आम्दानीमूलक प्रजातिहरुको वृक्षरोपण गर्ने कार्यलाई संघले अभियान कै रुपमा देशव्यापी सञ्चालन गर्दै आएको छ।

    उक्त कार्यले किसानहरुको आम्दानीमा मात्र वृद्धि हुनुका साथै जलवायु परिवर्तनका असरको अनुकूलन र न्यूनीकरण कार्यमा समेत सहयोग पुग्ने देखिन्छ। परिवारिक निजी वनको दिगो व्यवस्थापन, पर्यापर्यटन प्रवर्द्धन, लघु उद्यमलगायत ठूला वन उद्यम प्रवर्द्धनमा गरेर हरित रोजगार सृजना गर्ने अभियानमा संघ सकृयताका साथ लागिरहेको अध्यक्ष जोशीको दावी छ । 

    साथै, आन्तरिक तथा बाह्य स्रोतहरुको परिचालन गरेर संघका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको व्यावसायिक सीप र क्षमताको अभिवृद्धि कार्यलाई निरन्तरता दिनुको साथै प्रचार तथा शिक्षामूलक उत्पादन तथा प्रचार प्रसार गरेर पारिवारीक निजी वनका किसान लगायत सरोकारवालाहरुलाई सुसूचित गर्ने कार्यलाई संघले तिव्रताका साथ अघि बढाएको उनले बताए ।

    ‘एक परिवार, एक पारिवारिक निजी वन समृद्ध नेपाल, हाम्रो अभियान’ परिकल्पनाका साथ पारिवारिक निजी वन संघ, नेपाल वि.सं. २०७१ फागुन २४ गते स्थापित राष्ट्रिय तहको पारिवारिक निजी वन किसानहरुको छाता संगठन हो। 

    संघले पारिवारिक स्वामित्वमा रहेका आवादी, जमीनभित्र उत्पादन भएका रुख तथा वन्यपैदावरहरुमाथि किसानहरुको अधिकारको लागि किसानहरुमैत्री नीति निर्माणमा सक्रिय योगदान पुर्याउँदै आएको जनाएको छ । 

    Jograj joshi Niji ban.jpg

    स्थापनाको छोटै अवधिमा संघले देशको सातै प्रदेश र ७२ जिल्लाहरुमा सांगठानिक सरचनाहरुलाई विस्तार गरेको छ। देशभर करिब १५ हजार पारिवारिक निजी वनका किसानहरु यस संघमा आवद्ध भएको अध्यक्ष जोशीले जानकारी दिए । 

    पारिवारिक निजी वन संघ, नेपाल देशभर संजाल भएको किसानहरुको साझा संगठन हो। यस संघले किसानहरुको भूमि र बन स्रोतमाथिको अधिकार सुनिश्चितताको लागि काम गर्दै आएको छ।

    यसको साथै, वनको दिगो व्यवस्थापन मार्फत वन पैदावारहरुको सतत आपूर्तिको व्यवस्था गरी देशको आर्थिक समृद्धिमा सहयोग पुयाउने कार्यलाई संघले प्राथमिक लक्ष्यमा राखेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार